Comments Add Comment

Advertisment

SKIP THIS

सात सचिवको सरुवा, अख्तियारमा दंगाल

२१ पुष , काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सात सचिवको सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) तोयम रायालाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।

अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीले जिम्मेवारी पाएका छन् ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment