करेन्ट लागेर एकजनाको मृत्यु -
Comments Add Comment

करेन्ट लागेर एकजनाको मृत्यु

२५ पुष , काठमाडौं । हेटौंडामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ स्थित कर्रा जोडधारा खोलामा गुरौँ खोला बस्ने १८ वर्षीय अमृत तामाङको गएराति मृत्यु भएको हो ।

गएराति माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीयले अस्पताल ल्याएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment