छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ -
Comments Add Comment

छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

२५ पुष , काठमाडौं । झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका-७ स्थित २३ बर्षीय ओम पोर्तेललाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा पोर्तेलको साथबाट लागुऔषध खैरो हिरोईन १ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसै गरि हिजो अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका-४ स्थित २२ बर्षीय महमद सवर अन्सारीको साथबाट ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ र सुनसरी छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका-२ माझि टोल स्थित हिजो बेलुका ९ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० बर्षीय सन्जिब सहनी र चुलाचुली गाउपालिका-१ ईलामका १६ बर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको हो । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१३ सुम्निमा चोक स्थित ४७ बर्षीय राम गुरुङको घरमा लुकाई छिपाई गाँजा राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घर कोठा भित्र र गुरुङले प्रयोग गर्ने को १ ह १८५६ नम्बरको अटोमा समेत गरी १७ केजी गाँजा फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds