Comments Add Comment

Advertisment

SKIP THIS

दादुरा उन्मूलनमा चुनौती

२६ पुष , काठमाडौं । सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि भएसँगै दादुरा उन्मूलनमा चुनौती थपिएको हो । तीमध्ये एक जनाको निधन भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बाँकेमा अप्रत्यासित रूपमा दादुरा फैलिएको जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दादुरा नियन्त्रणका लागि टोली पठाइसकेको बताए ।

शनिबार साँझसम्ममा बाँकेको नेपालगञ्जमा ६४ जना बालबालिकामा मात्र दादुरा पुष्टि भएको थियो। २४ घण्टा नबित्दै थप १६ जना बालबालिकालाई दादुरा पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले सोमबार ४ बजेसम्म ८० जना बालबालिकालाई दादुरा पुष्टि भएको जानकारी दिए । रोग नियन्त्रण महाशाखाबाट विज्ञसहितको टोली खटिइसकेको जानकारी दिँदै उनले दादुरा महामारी नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । स्थानीयदेखि केन्द्र सरकारसम्म दादुरा नियन्त्रणमा लागेको भन्दै उनले सरकारले दादुरा नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताए ।

विगतका वर्षमा पनि फाट्टफुट्ट रूपमा देखापर्ने दादुरा यो वर्ष भने महामारीका रूपमा देखापरेको छ। एकै समुदाय वा एकै ठाउँका पाँच जनाभन्दा बढीलाई दादुरा पुष्टि भएको अवस्थामा त्यसले महामारीको रूप लिने गर्छ। परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले खोप लगाएको ठाउँका बालबालिकालाई दादुरा देखिएको भए खोपसम्बन्धी प्रभावकारिता अध्ययन गर्न सकिने बताए ।

बाँकेका जुन स्थानमा दादुरा फैलिएको छ, त्यहाँका बालबालिकाले दादुराविरुद्ध खोप नलगाएको पाइएको भन्दै उनले उक्त स्थानमा धार्मिक र सांस्कृतिक कारणले गर्दा खोप नलगाएको उल्लेख गरे । उनले मुस्लिम धर्ममा आस्था राख्ने बालबालिकाले खोप नलगाएको जानकारी दिँदै उनीहरूका धर्मगुरुलाई राखेर जनचेतना जगाउने काम भइरहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै