दर्शक भेट्न मोफसल निस्किए दयाहाङ र आँचल -
Comments Add Comment

दर्शक भेट्न मोफसल निस्किए दयाहाङ र आँचल

४ वैशाख , काठमाडौ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्सअफिसमा राम्रो व्यवसाय गरिरहेको छ । आज मंगलबार राम नवमीको बिदा भएकाले पनि फिल्मको व्यवसाय अझै राम्रो हुने अनुमान गरिएको छ ।

प्रदर्शनको सुरुको दिन देखिनै यसका कलाकार दयाहाङ राई, आँचल शर्मा, विजय बराललगायत उपत्यकाको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।

यसैबिच दयाहाङ राई, आँचल शर्मा, विजय बराललगायत फिल्म युनिट दर्शक भेट्न पूर्व प्रस्थान गरेका छन् । उनीहरुले विराटनगर, इटहरी, धरान र बिर्तामोडका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायतको अभिनय छ ।

फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ हुन् । एक शिक्षित बेरोजगारको कथामा बनेको हो । यस अगाडि यो कथा नाटकमा समेत मञ्चन भएको थियो । जसको निर्देशन दयाहाङ राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै