२६ पुष , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ मा एक दम्पती मृत अवस्थामा भेटिएको छ ।
भरतपुर वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा अन्दाजी २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४र२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।
घरायसी झगडाका कारण मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुका बीचमा घरमा झै-झगडा भैरहने गरेको एक स्थानीयले बताए ।
प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।