५ वर्षमा आर्थिक वृद्धिदर दोहोर अंकको नजिकमा पुर्‍याउने छु : प्रधानमन्त्री प्रचण्ड -
Comments Add Comment

५ वर्षमा आर्थिक वृद्धिदर दोहोर अंकको नजिकमा पुर्‍याउने छु : प्रधानमन्त्री प्रचण्ड

२६ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पु¥याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds