Comments Add Comment

Advertisment

SKIP THIS

६७ वाट फास्ट चार्जिङ सहित नेपाली बजारमा रियलमी १० प्रो प्लस फाइभजी

२७ पौष , काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा प्रिमियम मिड रेन्ज अन्तर्गत रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा भित्र्याएको छ । तीन सय डलर भन्दा बढी मूल्यका सामान आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा पछिको पहिलो फ्ल्यागशिप स्मार्टफोनका रुपमा कम्पनीले यो फोन भित्र्याएको हो । न्युरोडको ताम्राकार कम्प्लेक्समार्फत यसको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।​

‘‘रियलमी १० प्रो सिरिजको नयाँ सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभजीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं,’’ कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘‘रियलमी १० प्रो प्लस फाइभजी फ्ल्यागशिप लेभलको कर्भड् भिजन डिस्प्ले युक्त यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो ।’’

हलुका र आकर्षक डिजाइन युक्त यो फोनमा ६१ डिग्री आई फ्रेन्ड्ली ओएलईडी डिस्प्ले रहेको छ । १२० हर्जको अपग्रेडेड रिफ्रेश रेट युक्त ६.७ इन्च वाइड स्क्रिन रहेको फोनमा २१६० हर्जको हाई फ्रिक्वेन्सी पीडब्लुएम डिमिङ टेक्नोलोजी युक्त ओएलइडि डिस्प्ले रहेको छ । यसले विश्वमै पहिलो पटक टियुभी रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गरेको दावी कम्पनीको छ । जसले गर्दा प्रयोगकर्ताको आँखामा पर्ने नकरात्मक असर कम हुने जनाइएको छ ।​

फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित तीनवटा रियर क्यामेरा रहेको छ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स प्रयोग भएको छ । फोनमा सेल्फीको लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । फोनमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउने दावी कम्पनीको छ ।​

रियलमी ४.० युआई र एन्ड्रोइड १३ मा आधारित फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्ने फोन ८ जीबी बाई १२८ जीबी भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको बजार मूल्य ४५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै