ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परे : वामदेव -
Comments Add Comment

ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परे : वामदेव

२९ पुष , काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्णको उपमा दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको टिप्पणी गरेका हुन् । ‘जुन आजको स्थिति बिग्रेको छ भनिएको छ त्यसको निम्ति मूल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ- एमालेका अध्यक्ष । पात्र त प्रचण्ड नै हो’, गौतमले भने ।

ओली र प्रचण्डको भूमिकालाई महाभारतसँग जोड्दै गौतम अगाडि थप्छन्, ‘यसपटक हाम्रो देशमा घटेको राजनीतिक महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली हुन । तर मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds