Comments Add Comment

Advertisment

SKIP THIS

नगरपालिकाद्वारा गर्भवती र सुत्केरीलाई पौष्टिक अहार

५ माघ , काठमाडौं । नवलपरासी (बर्दघाट- सुस्ता पश्चिम) का सात पालिकामध्ये पहिलो पटक रामग्राम नगरपालिकाले आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । जिल्लाका सात स्थानीय सरकारमध्ये यस नगरपालिकाले पहिलो पटक छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको नगरप्रमुख धनपथ यादवले जानकारी दिए।

ग्रामीण क्षेत्रका अधिकांश महिला सुत्केरी तथा गर्भवती भएको अवस्थामा पर्याप्त पोषण सहित खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वास्थ्य बिग्रन सक्ने जनाउँदै सबै वडाका गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहारसहित झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै