८ माघ , काठमाडौ । नवलपरासी पश्चिमको त्रिबेणीऔमहेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना तिर्थयालु घाइते भएका छन् ।
पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल घोलामा पल्टिँदा भारतीय तिर्थयालुहरु घाइते भएका हुन् ।
बस पल्टिएको खबर पाउन साथ स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरुको उद्धार गरि पृथ्वी चन्द्र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुर्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले बताए । घाइते मध्ये एकजनाको टाउमा गम्भीर चोट लागेकाले उनको अवस्था गम्भीर रहेको पाण्डेले जानकारी दिए ।
बसमा करिब ६०र६५ जना तिर्थयात्री सवार रहेको बताइएको छ । समान्य घाइते भएकालाई गन्तव्य पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अधिकांश घाइते भएका तिर्थालु भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन् । हरेक वर्ष माघे कृष्ण औंसीका दिन नवलपुर जिल्लाको त्रिवेणीधामा मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल गरि अधिकांश भारतको बिहार र उत्तर प्रदेशको हजारौं श्रदालुभक्तजनहरु स्नान गर्न आउछन् ।