भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित -
Comments Add Comment

भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित

८ माघ , काठमाडौ । भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका छन् । जम्मु कश्मीरको सरकारले आर्थिक अुनदान तथा प्राविधिक तालिम र अन्य सहयोग बढाएसँगै किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका हुन् ।

नयाँ प्रविधिको पहुँच, राज्यमा मध्यम वर्गको विस्तार र मानिसहरुको खानपानमा आएको बदलावका कारण जम्मु कश्मीरमा कुखुरा व्यवसाय फस्टाउँदै गएको डेली गुड मर्निङ कश्मीरको अनलाइन संस्करणले जनाएको छ । राज्यमा कुखुरापालन व्यवसाय मासुजन्य खानेकुरा र आयको राम्रो स्रोत बन्दै गएको बताइएको छ । यसबाट राज्यमा आर्थिक कारोबार पनि बढेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका महासचिव अटल दुल्लोले दिएको जानकारीअनुसार हाल जम्मु कश्मीरमा हरेक वर्ष १२ अर्ब ७३ करोड भारतीय रुपैयाँ बराबरको कुखुराजन्य वस्तु अन्य राज्यबाट आयात हुने गरेको छ । राज्यमा कुखुरापालन व्यवसायलाई अझ विस्तार गर्न सके अन्य राज्यबाट हुने कुखुराजन्य वस्तुको आयात घटाउन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

मेरो देश नेपाल

९० केजी गाँजासहित २ भारतीय पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

मेरो देश नेपाल

९० केजी गाँजासहित २ भारतीय पक्राउ


This will close in 20 seconds