Comments Add Comment

Advertisment

SKIP THIS

भारतसँग ८२ रनले हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

८ साउन , काठमाडौ । नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । पराजित भएसँगै नेपाल एसिया कपको समूहचरणबाटै बाहिरिएको छ ।

भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन् ।

त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो । भारतका लागि सफाली बर्माले ८१ रन बनाइन्।

नेपालका लागि सीता राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment