Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ

१२ माघ , काठमाडौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका-९ स्थायी वतन भएकी २७ वर्षीया सीता लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस-७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको भन्ने कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment