Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीद्वारा पेस्तोल बेच्ने र किन्ने दुवैलाई पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र किन्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पेस्तोल किनेका धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शंकर महतो रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

शंकाको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो।

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा सोही ठाउँ बस्ने शंकर महतोसँग ५० हजार रूपैयाँ दिई पेस्तोल किनेका हुन्। बीस हजार रूपैयाँ थप पछि दिने शर्तमा शंकरले धनुषाको जटहीस्थित सीमानाकाबाट किनेर ल्याएको बयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

हतियार बिक्री गर्ने शंकर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै