Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

२१ जेठ , काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नंको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment