Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

२१ माघ , काठमाडौ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतल सहित सुनसरी कोशी गाउँपालिका–६ घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको बा।प्र।०२–०३–००१ ख १०१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ ग्राम सहित बझाङ छबिसपाथिभेरा गाउँपालिका–६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा सत्य नारायणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध चरेश १ किलो ६ सय ३२ ग्राम सहित सोही उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय तुलाराम खत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यालबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय सन्तोष रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम र नगद २ लाख २२ हजार ८ सय ६५ रूपैयाँ सहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय रहिस कबडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–७ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद १ लाख १ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २९ वर्षीय प्रेम दमाई र २७ वर्षीय सुनिल थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध चरेश ३ ग्राम ५ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–३ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–२ भाँसी बस्ने २५ वर्षीय दिपेन्द्र शाह र दार्चुला मालिकार्जुन नगरपालिका–५ डाँडाकोट घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–१५ गोवरिया डेरा गरी बस्ने २० वर्षीय नविन अवस्थी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका–१४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१९ बस्ने २५ वर्षीय आशिष हिताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना।६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका–३ बस्ने ३५ वर्षीय राज कुमार लावतीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद १० हजार ९ सय १० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै