Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना, ४ जना घाइते

४ फागुन , काठमाडौं । दुप्चेश्वर गाउँपालिका-३ दोरदोरे खोल्सामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

बिहीबार राति ९ बजे समुन्द्रटारबाट रावतबेंसीतर्फ डोजरका लागि इन्धन लिएर जाँदै गरेको बा१४च ५६८४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेर ४ जना स्थानीय घाइते भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुई जनालाई खरानीटार अस्पतालमा र दुई जनालाई काठमाडौं पठाइएको छ ।

जिपले पिक लिन नसक्दा धसिएर तल झरेको उनले बताए । जिप १ सय मिटर तल झरेर क्षतिग्रस्त भएको छ । घटनास्थल हेर्दा यात्रु बाँच्न सक्ने अवस्था नदेखिएको अध्यक्ष थापाले बताए ।

घाइतेमध्ये एक जनाको हात भाँचिएको, अर्कोको टाउको र अन्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिपमा ५ जना सवार थिए । चालक भने सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै