Comments Add Comment

जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित रहेर काम गर्छु : एसपी भरत वि.क

ईश्वर , काठमाडौं । भर्खरै रुपन्देही जिल्लाको नेतृत्व सम्हालेका एसपी भरत बहादुर वि.क ले न्युज ट्वान्टिफोर ग्यालेक्सी सँगको कुराकानीमा आफ्नो मुख्य ध्यान जिल्लाको शान्ति सुरक्षा, तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराध,अनुसन्धानमा केन्द्रित रहेर काम गर्ने बताएका छन् ।

रुपन्देही जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, जिल्लास्थित प्रहरी कार्यालयहरुले दिने सेवाको सहजीकरणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए ।

एसपी वि.क ले रुपन्देही जिल्लाको सम्पुर्ण शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएर अगाडि बढिरहेको बताएका छन । जिल्लामा अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै छिटो नतिजा हासिल गर्ने काममा ध्यान केन्द्रित भएको वताए ।

‘मेरो मुख्य ध्यान शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सुशासन कायय गर्ने, सेवा सुविधानको सरलीकरण त्यो सँगै प्रहरी कार्यालय भनेको सम्पुर्ण जिल्लाको शान्ति सुरक्षाको मोनिटरिक गर्ने कार्यालय पनि हो । त्यसैले मैले प्रहरी कार्यालयको प्रमुखको रुपमा गार्जेनसिपको भूमिका निभाउने, जिल्लास्थित प्रहरी कार्यालयहरुको कोअडिनेटरका रुपमा काम गर्ने र राम्रो, काम भइरहेको छ कि छैन भनेर कन्ट्रोलरको भूमिकामा पनि रहन्छु ।’

सेवाग्राहीसँग प्रहरी कर्मचारीहरुले कस्तो व्यवहार गरिरहेका छन्, भनेर अनुगमन गर्ने, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सुरक्षा निकायको परिचालन गर्ने, र सरकारले तोकेको प्रोटोकल पालना गरेर आफ्नो काम गर्न नागरिकलाई दिने योजना पनि उनले बताए ।

उनलेे भने,आफू मातहतका सम्पूर्ण दर्जाका प्रहरी कर्मचारीको सहयोगले नै रूपन्देही जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल रहने भएको बताएका छन् । उनी भन्छन्: प्रहरीको कर्तव्य नै जनताको शान्ति सुरक्षामा ध्यान दिनु हो । त्यसका लागि सरुवा हुने बित्तिकै सबै प्रहरीको साथ लिएर हामी दिनरात नभनी अहोरात्र खटिने पनि बताएका छन ।

स्थानीयको शन्तिसुरक्षा प्रत्याभूतिका लागि निरन्तर हामी लागिरहनेछौं । नागरिकमैंत्री प्रहरी ढाँचालाई मस्तिष्कमा मात्र होइन, व्यवहारमा नै उतार्न सीपालु रहेका एसपी भरत बि.क ले मानवअधिकारको सम्मान, कानुनी राज्यको स्थापना, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम नै प्रहरी संगठनको मुख्य जिम्मेवारी रहेको औल्याउँन्छन् ।

नागरिकमैंत्री प्रहरी अहिलेको आवश्यकता नै हो । त्यसैले आफू नेतृत्वको संगठनका हरेक संरचनामा जिल्लाका एसपीको स्पष्ट निर्देशन छ – जनमैंत्री हुनु ! काम र संँगठनका लागी उनी जति लोकप्रिय छन्, त्यति नै अपराध र अपराधीविरुद्ध समेत उनी कठोरता रूपमा प्रस्तुत हुने, जुनसुकै अपराध निर्मूल पार्ने र जादुमयी योजना । जति सुरक्षाप्रति उनको चिन्ता छ त्यति नै संँगठन सुधार निम्ति चासो पनि । उनलेे समस्यालाई सूक्ष्म ढंगबाट जसले बुझ्न सक्यो, त्यो नै असली नेतृत्वकर्ता हुन्छ भने अनुसार त्यसलाई प्रमाणित गर्न उनलेे गरेको कार्यप्रगती नै उनका लागी काफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै