Comments Add Comment

Advertisment

SKIP THIS

दुबई पठाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा सामाखुसीबाट एक जना पक्राउ

काठमाडौँ । दुबई पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी घर भई हाल टोखामा बस्ने दलवीर बिक रहेका छन् ।

उनले दुबई जान ३ लाख लाग्ने र आकर्षक जागिर लगाइदिने भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का भीम प्रकाश बुढाथोकीसहित विभिन्न व्यक्तिबाट ६ लाख रुपैयाँ ठगेका थिए । पीडितको उजुरी तथा वैदेशिक रोजगार विभागको पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिकलाई बुधवार सामाखुसीबाट पक्राउ गरेको हो ।

उनीउपर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै