Comments Add Comment

Advertisment

SKIP THIS

एसपी विश्वराज खडकाले धनुषाको कमाण्ड सम्हाले सङै फरार अभियुक्तहरु धमाधम पक्राउ

धनुषा , प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड सम्हाले सङै विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्ने थालेका छन् ।

धनुषा प्रहरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेसङै एकै दिन २० देखि २५ जना सम्म प्रतिवादीलाई पक्रेर अदालतमा बुझाइएको एसपी खड्काले बताए । विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई धनुषा प्रहरीले धमाधम पक्रेको हो ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दा,घर आगजनी मुद्दा, लागूऔषध कारोबार मुद्दा,जबरजस्ती करणी मुद्दा,अभद्र व्यवहार मुद्दा, बहुविवाह मुद्दा र सवारी ज्यान सम्बन्धी मुद्दामा आरोपित कसुरदारहरूलाई पक्राउ गरेर मुद्दा चलाएको एसपी खडकाले जानकारी दिए । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ ।

एसपी खड्काका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म तीन सय २२ जना फरार प्रतिवादीलाई धनुषाबाट पक्राउ गरिसकिएको बताए ।

अपराध गरेर गाउँ समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । उनले भने, ‘जन्मकैदको सजाय पाएको व्यक्ति होस वा १ सय रुपैयाँ जरिवाना तोकिएको व्यक्ति फरार रहँदा फरार प्रतिवादीको संख्या बढी देखिने हो । प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै