Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी बास्तोलाद्वारा प्रहरी चौकी सिंघिया सुनसरीको नव निर्मित भवनको समुदघाटन

सुनसरी, प्रहरी चौकी सिंघियाको नव निर्मित भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले समुदघाटन गर्नु भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बास्तोलाले कार्यालयको हाता भित्र नव निर्मित चौकीको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको पहलमा सहरी बिकास मन्त्रालयको सहयोगमा रामधुनि नगरपालिका ४ स्थित नव निर्मित भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्नु भयो । सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको र सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

साथै वहाँले प्रहरी चौकीको लागी जग्गा उपलब्ध गराउनु हुने स्थानीय रण बहादुर खतिवडा र अम्बिका देबि खतिवडालाई प्रसंसा पत्रद्वारा सम्मान समेत गर्नु भएको थियो । उक्त भवन शहरी बिकास मन्त्रालयको १ करोड २८ लाख ६ सय ३४ रुपैयाको लागतमा साना ठुला गरी १० कोठा भएको साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण सम्पन्न भएको हो ।

समुदघाटन कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक मनोज कुमार यादव, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृतहरु तथा स्थानिय जनप्रतिनिधि, नागरिक समाज, स्थानियबासी समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै