Comments Add Comment

प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिकाबाट १६ किलो चरेशसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने घर्तीलाई (शनिबार) राति १२ बजे चन्द्रौटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले जनाकारी दिए।

घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटगएको प्रहरी अधिकृतको टोलीले उनलाई पक्रेको हो ।

घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै