Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल काठमाडौले बुझायो ज्ञापन पत्र

२६ फागुन , काठमाडौ । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल काठमाडौले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका काठमाडौका जिल्ला इन्चार्ज सन्तोष जिल्ला संयोजक सुवास अधिकारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment