Comments Add Comment

Advertisment

SKIP THIS

विहे भोजमा हतियार प्रहार गरी घाइते बनाएको आरोपमा बाराबाट एक युवक पक्राउ

१ चैत , वीरगञ्ज । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका-१ भलुहीका स्थानीय सुरज कुमार दास रहेका छन् ।

बाराको विश्रामपुर गाउँपालिका-१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा ४ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा बिवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडीबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।

राजकरणलाई घाइते बनाएपछि सुरज भागेका थिए। घाइते राजकरण दासलाई उपचारको लागि पठाएर प्रहरीले सुरजको खोजी गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै