Comments Add Comment

Advertisment

SKIP THIS

ललिता निवास प्रकरणमा थप २ पूर्वकर्मचारी पक्राउ

२६ असार , काठमाडौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए । देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन् । किर्ते गरेर जग्गा व्यक्तिको बनाएबापत देउजाले तत्कालीन राणा परिवारबाट घुसको रुपमा जग्गा नै लिएका थिए ।

२०४९ साल ताका भएका कीर्तेमा उनीहरूको संलग्नता देखिएको हो ।

मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपब्याख्या गरी तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारको सदस्यको नाममा जग्गा हत्याउन नारायणराज मिश्रसहितका कर्मचारीले तयार पारेको टिप्पणी आदेशलाई खरिदार योगराज पौडेलले सदर गरी मालपोत अधिकृतसमक्ष पेस गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

ललिता निवास प्रकरण स् डेढ सय पदाधिकारी–कर्मचारी संलग्न
त्यसरी गरिएको किर्ते टिप्पणी आदेशलाई मालपोत अधिकृतले स्वीकृत गरी ११२ रोपनी ४ आना जग्गा २०४९ साल असोज‚ कात्तिक र मंसिरका विभिन्न मितिमा रुक्मशमशेर राणा‚ सुनीति राणा‚ शैलजा राणालगायतका नाममा दर्ता कायम भएको थियो ।

मंगलबार पक्राउ परेका दुई पूर्वकर्मचारी योगराज पौडेल र नारायणराज मिश्रसहित हालसम्म १४ जना ललिता निवास प्रकरणमा प्रहरी नियन्त्रणमा परिसकेका छन् ।

सम्बन्धित समाचार

अख्तियारबाट उन्मुक्ति‚ सीआईबीको फन्दामा
सञ्चारसचिव कृष्णबहादुर राउत‚ पूर्वसहसचिव सुधीरकुमार साह र भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसमेत ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment