ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई -
Comments Add Comment

Advertisment

SKIP THIS

ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई

२६ साउन ,काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफ्नो पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले जस्तो सुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गरे ।

उनले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए ।

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । त्यस्तै उनले सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment