Comments Add Comment

Advertisment

SKIP THIS

टिभिएस मोटर कम्पनीको एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

काठमाडौं / टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्सालदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीले नक्सालको सोरुमदेखि नगरकोटको सांग्रिला रिसोर्टसम्म राइड कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको कम्पनीले जनाएको छ । साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको जनाइएको छ ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी पनि प्रदान गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै