Comments Add Comment

Advertisment

SKIP THIS

अपराध प्रवृत्ति र कसैको दबाबको सामु कुनै प्रकारको सम्झौता हुदैन : आईजीपी बसन्त कुँवर

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

आईतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।

उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘ प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै