Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ केजी गाँजा बरामद

काठमाडौँ । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले जानकारी दिए ।

मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको हो । सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै