Comments Add Comment

Advertisment

SKIP THIS

यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई कण्डम सहित नियन्त्रणमा

२५ चैत्र,काठमाडौ । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ ।

गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उक्त पार्लरको दुई वटा कोठामा रहेको बेडमा कण्डमहरु छयाप्छयाप्ती रहेका तथा त्यहाँ फेला परेको डसपिनमा प्रयोग गरिएका कण्डमहरु समेत बरामद भएका छन् ।

उक्त यौनजन्य गतिविधि गराउनमा संलग्न साहिवा ब्युटी पार्लरको संचालिका समेतलाई नियन्त्रणमा लिएर प्रहरी गएको घटनास्थलमा उपस्थित रहेका स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।

पक्राउ परेका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरेपछि विस्तृत जानकारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै