Comments Add Comment

Advertisment

SKIP THIS

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्तिलाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ

काठमाडौं , स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पाँचथर जिल्ला फागुनन्द गाउँपालिका- ३ घर भई ललितपुर महानगरपालिका-२६ बस्दै आएका ४६ वर्षीय एकराज नेम्बाङलाई पक्राउ गरेको हो।

नेम्बाङलाई मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

एसपी राठौरका अनुसार नेम्बाङमाथि स्लोभाकियाको एक कन्स्ट्रक्सन कम्पनीमा मासिक २ लाख तलब हुने र त्यसका लागि १५ लाख लागत लाग्ने भनी वियज लिम्बु लगायतका व्यक्तिहरूलाई प्रलोभनमा पारी ठगी गरेको आरोप छ।

वैदेशिक रोजगार विभागले ठगी गर्ने नेम्बाङलाई पक्राउ गरी उपस्थित गराइदिनका लागि प्रहरीलाई पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष प्रहरी टोलीले खोजी सुरू गरेको थियो।

विभागका अनुसार स्लोभाकिया पठाइदिने लोभ देखाएर नेम्बाङले विजय लिम्बुबाट पटकपटक गरी १२ लाख रूपैयाँ ठगी गरेका थिए।

पक्राउ परेका नेम्बाङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी राठौरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै