Comments Add Comment

तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीलाई नेपाल बारको आग्रह

३० चैत, काठमाडौ ।  नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरेका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष गोपालकृष्ण घिमिरेले यदि प्रधानन्यायाधीश हप्ता दश दिनमा नियुक्त नभए आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँगको परामर्शमा तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा बारका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका सचिवालयले उल्लेख गरेको छ।

यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले दश दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment