Comments Add Comment

Advertisment

SKIP THIS

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

४ वैशाख , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्काे सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले आइतबार स्वीकृति दिएका हुन् ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ । जसअनुसार अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो ।

त्यसको दुई दिनपछि अर्थात चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको जनाइएको छ ।

उपनिर्वाचन यहि बैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुँदैछ ।

1-3_सेनपरिचालन-1489x20481681649127.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment