Comments Add Comment

सडक स्तरोन्नतिका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि…

१७ वैशाख , काठमाडौ । बैतडीको पाटन नगरपालिका को ६ मा पर्ने पाटन बजारमा सडक स्तरोन्नतिका ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ।

पाटन बजारको कृषि विकास बैंक नजिकतिरको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ। गिट्टीको थुप्रोमा रौँ देखिएको र मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment