Comments Add Comment

Advertisment

SKIP THIS

घरायसी विवादका कारण कञ्चनपुरमा चिर्पट प्रहार गरी आफ्नै छोराले बाबुको हत्या गरे

कञ्चनपुर-घरायसी विवादका कारण कञ्चनपुरमा चिर्पट प्रहार गरी आफ्नै छोराले ७१ वर्षीय बाबुको हत्या गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका हुन् ।

पुनर्वास नगरपालिका- ४ कार्कीचोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धनबहादुर खड्काको हत्या गरेका हुन् । छोराले बाबुको हत्या गरेपछि खड्का परिवारमा सन्नाटा छाएको छ । बाबुको हत्या गर्ने छोरा प्रहरी फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले घरायसी विवादका कारण बाबुछोराबीच झगडा हुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा बाबु धनबहादुरको मृत्यु भएको जानकारी दिए ।

७१ वर्षीय बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन् । घटनास्थलमा पुगेर प्रहरीले अहिले मुचुल्का उठाइरहेको छ । कञ्चनपुरमा दुई दिनदेखि लगातार पानी परेकाले घटनाबारे गाउँछिमेकमा समेत खासै होहल्ला भएको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै