Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् ।

बास्तोलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो ।

 

बास्तोलाले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्‍यक्ति ३० लाख रुपैयाका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ ।

बास्तोलाले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बास्तोलालाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै