Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी अध्यक्ष प्रचण्ड र अष्ट्रेलियन राजदूत भोल्कबीच बिदाई भेट

३० साउन , काठमाडौ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छिन्।

खुमटारस्थित अध्यक्ष प्रचण्डको निवासमा राजदूत भोल्कले बिदाइ भेट गरेकी हुन् । भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेकी थिइन्।

अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment