१ जेठ , काठमाडौ । नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवर भन्नुहुन्छ म कुनै ठाउँमा गुण्डागर्दी प्रवृत्ति देख्न चाहन्न। प्रहरीको उपस्थिती दह्रो हुनुपर्छ।
भ्रष्टाचार, गलत व्यवहार, बदमासी सैह्य हुन्न। यो मेरो जीवनशैली हो। प्रहरी सेवामा प्रवेश गरे पश्चात पनि म गुण्डागर्दी र अपराधकर्मको निमिट्यान्न पार्न डटेर खटिएको व्यक्ति हुँ। त्यसैले प्रहरी महानिरीक्षकको पदभार सम्हाल्ने वित्तिकै मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई कुनै ठाउँमा गुण्डागर्दी प्रवृत्ति देख्न चाहन्न, प्रहरीको उपस्थिती दह्रो हुनुपर्यो।
हामी आफू कमजोर भएर अपराधीलाई छोड्दैनौं। अहिलेको समयमा प्रहरीले इन्काउन्टर गर्नपर्छ भन्ने पनि छैन। तर, अवस्था आउँदाखेरी प्रहरी भाग्न चाहीँ हुँदैन। प्रहरीले अपराधिक, विध्वंशकारी तत्वलाई नियन्त्रण गर्नका लागि हरसम्भव उपाय लिएर गर्नुपर्छ।
केही अपराधिक मानसिकता भएकाहरुको कारोवार संक्रमणकालमा बेलामा हुन्छ। उनीहरुको व्यापार व्यवसाय कमाउने यतिखेर हुन्छ। चोरी तस्करी गर्न खोज्छन, किनकी प्रहरीलाई कमजोर बनाउन खोज्छ। प्रहरी सरुवा बढुवामा चलखेल गर्छन, किनकी आफू पावरफुल छु भन्ने देखाउन खोज्छ। अहिले त्यो सबै जिरो छ। यदि कोही पूर्वप्रहरी त्यस्तो मानसिकतामा छन् भने ती १०० प्रतिशत गलत छन्।



