Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरमा प्रहरीले ठूलो परिमाणको गाँजासहित तीन जनालाई पक्राउ

मकवानपुर । मकवानपुरमा प्रहरीले ठूलो परिमाणको गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा उपमहानगरपालिका १ चौकीटोलबाट ९२ किलो गाँजासहित तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कार चालक भारत मोजफुर घर भएका अमित कुमार दुबे, कारमा सवार पर्सा छिपरमाई गाँउपालिका ९ मा नैमुदिन मिया र मकवानपुर कैलाश गाउँपालिका १० बाझोखेत बस्ने बुद्धिमान थोकर रहेका छन् ।

गाँजा बोकेर बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले चौकीटोलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कार नियन्त्रणमा लिएर खानतलासी गर्दा कार भित्र पछाडीको सिटमा फल्स बटम बनाई प्याक गरिएको ९२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै