Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वरको शंखमुलमा २ किशोरमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ

काठमाडौं, शंखमुलस्थित सार्वजनिकस्थलमा २ किशोरमाथि खुँडा प्रहार भएको छ। खुँडा प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा अछामको कमलबजार घर भइ काठमाडौं कलंकी बस्ने २१ वर्षीय विशाल खड्का, सुर्खेतको वीरेन्द्रनगर–१ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय लोकेन्द्र विष्ट र कैलालीको टीकापुर–५ घर भइ काठमाडौं बल्खु बस्ने २३ वर्षीय चरण विष्ट रहेको जिल्ला प्रहरी ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए ।

जेठ ७ गते साँझ साढे ६ बजेतिर शंखमुलमा कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुर घर भइ काठमाडौं बुद्धनगर बस्दै आएका १९ वर्षीय जगत शाही र कैलालीको टीकापुर नगरपालिका–१ घर भइ बुद्धनगर नै बस्दै आएका १८ वर्षीय प्रकाश शाहीमाथि खुँडा प्रहार भएको थियो।

खुँडा प्रहार भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले खुँडासहित त्यति नै बेला चरण विष्टलाई पक्राउ गरेको थियो।

फरार रहेका लोकेन्द्र र विशाललाई जेठ ८ गते बिहान पक्राउ गरिएको एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए। पक्राउ परेका तीनै जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै