१० जेठ , काठमाडौ । काठमाडौं टोखा नगरपालिका – १ झोर महाँकाल, फुलबारी घोप्टे पहरोमा अवस्थित गुप्तेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । गुप्तेश्वर महादेव मन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले जेठ ९ गते (मंगलबार) बाट महायज्ञ लगाइएको हो ।
उक्त महायज्ञ जेठ १७ गतेसम्म लाग्ने आयोजक मूल समितिका अध्यक्ष सहदेव तिवारीले बताए । महायज्ञमा श्रद्धेय भागवत कथा व्यास युवा पण्डित आर्चाय सर्वेश्वर शरण सुवेदीको मुखारविन्दबाट कथा वाचन हुने तथा उपवाचक पण्डित सविन शाश्वत लामिछानेको सुमधुर मुखारविन्दबाट पाठ पारायण हुनेछ ।
सो महायज्ञमा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षणका निम्ति २०७१ सालदेखि वार्षिक रुपमा बजेट विनियोजन गरि यस मन्दिरसम्म पुग्नका लागि सिँडी रेलिङ र विश्राम कक्ष निर्माण गरिएको छ ।
यो मन्दिर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको भन्दै समितिले संरक्षण र पर्यटन प्रवद्र्धनका लागि महायज्ञको आयोजना गरेएको हो ।





