Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनता माझ प्रहरी सेवाको पहुँच पुर्‍याउन डिआईजी बास्तोलाको निर्देशन

विराटनगर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले सबै प्रहरी कर्मचारीहरुले भाईचाराको प्रबृति कायम गरि कार्य गर्न र आ-आफ्नो दरबन्दीमा बसेर काम गर्ने बानीको बिकास गर्नका साथै धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला संखुवासभामा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्नु पर्ने बताउनु भएको छ । साथै वहाँले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै