Comments Add Comment

Advertisment

SKIP THIS

कोरियाबाट काठमाडौं आउँदा जहाजमा चुरोट तान्ने सुवास पुरी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं: जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।

जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए।

‘कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो। काउन्टरले खबर आएको छ भने अवतरण भएपछि हामी गयौं त्यसपछि पत्रसहित बुझाएकाले हामीले आरोपीलाई नियन्त्रणमा लियौं,’ उनले भने।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै