Comments Add Comment

Advertisment

SKIP THIS

भोजपुरमा पुगेर डिआईजी बास्तोलाले संगठनको हितको लागि इमान्दारी पुर्वक काम कारवाही गर्न निर्देशन

विराटनगर, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय भोजपुर मातहत रहेका ईलाका प्रहरी कार्यालय तिवारी भंज्याङ र प्रहरी चौकी जरायोटारको निरीक्षण भ्रमण गर्नु भएको छ ।

कार्यालयको निरीक्षण पश्चात वहाँले कार्यरत प्रहरी कर्मचारीहरुको समस्या तथा गुनासाहरु सम्बोधन गर्नु भएको थियो । भौगोलिक कठिनाईका बाबजुत पनि प्रहरीले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउन लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको पिरमर्का र समस्यालाई सहजीकरण गर्न हरदम प्रहरी तत्पर रहनु पर्ने, आम नागरिक संग सभ्य र शिष्ट भाषा प्रयोग गर्नुका साथै सेवाग्राहीहरुसँग समान व्यवहार गर्नु प्रहरीको दायित्व रहेको वहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै