काठमाडौं,उपत्यका ट्राफिक कार्यालयले एक सुचना जारी गर्दै अबदेखि ललितपुर र भक्तपुर जिल्लामा तीव्र गति, रातो बत्ती उल्लङ्घन, लेन उल्लङ्घन जस्ता ट्राफिक कसुरमा कारबाहीमा परेका चालकहरुका लागि सचेतना कक्षा सञ्चालन हुने भएको छ।
यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा मात्र यस्तो कक्षा सञ्चालन हुँदै आएको थियो। आगामी ३ असारदेखि सम्बन्धित जिल्लाबाटै सचेतना कक्षा लिन सकिने ट्राफिक कार्यालयले जनाएको छ ।
अबदेखि ललितपुर जिल्लामा कारबाहीमा परेका चालकले सातदोबाटोस्थित ट्राफिक प्रहरी परिसर ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले चुनदेवीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरमै सचेतना कक्षा लिनुपर्नेछ।
मदिरा सेवन गरी सवारी चलाउँदा कारबाहीमा परेका चालकको हकमा भने सचेतना काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै मात्र कक्षा सञ्चालन हुनेछ।


