Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पा प्रहरीले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई ३८ बर्षपछि पक्राउ गर्न सफल

काठमाडौं: रोल्पा प्रहरीले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई ३८ बर्षपछि पक्राउ गरेको छ।

जिल्लाको गंगादेव गाउँपालिका – ६ का झारखोलाका ६२ बर्षीय सर्वजित राना पक्राउ परेका हुन्।

३८ बर्षदेखि फरारको सूचीमा रहेका रानालाई प्रहरीले त्रिबेणी गाउँपालिका – ३ कोइलाबाट असार १ गते पक्राउ गरेको हो।

बलात्कार मुद्दामा जिल्ला अदालत रोल्पाको २०४२ साल कात्तिक १९ गतेको फैसलाले दोषी ठहर गर्दै तीन बर्ष, तीन महिना १८ दिन काराबासको सजाय तोकेको थियो।

त्यसयता राना फरारको सूचीमा थिए । पक्राउ पछि रानालाई जिल्ला अदालत उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक बर्षमा ३७ जना फरार प्रतिबादी पक्राउ गरेको जानकारी दिएको छ।

उनीहरुबाट चार लाख ५४ हजार ६ सय दश रुपैंया जरिवाना र ७० बर्ष ११ महिना चार दिन कैद भुक्तान हुने प्रहरी निरीक्षक भुसालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै