Comments Add Comment

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय २१ औं कविता : कथा ब्यथा

एउटा आफ्नै कथा थियो भन्नै पर्ने
एउटा आफ्नै ब्यथा थियो भन्नै पर्ने
आफ्नै समयले कथालाई समेटेन
आफ्नै अबस्थाले ब्यथा समेटेन
एउटा कथा ब्यथा बनेर बल्झिईरह्यो।

समयको दौड भित्र ब्यथाको आर्जन
मानौ जीवन आफैमा यसको सर्जक हो
समयको दौड भित्र कथाको रचना
मानौ जीवन आफैमा यसको अध्याय हो
कथा ब्यथामा जीवन आफै अल्झिरह्यो।

कति धेरै छन् मानिसहरूका आफ्नै कथा
कति धेरै छन् मानिसहरूका आफ्नै ब्यथा
कस्ले कस्को कथा ब्यथामा अर्थ दिनु
सब मदमस्त छन् आफ्नै कथा ब्यथामा
एकोहोरो छ समय यसैमा लछारिरहेछ।

आज कथामा खुशी छ सबै रमाउनु पर्छ
मानौ कथामा पिडाको कल्पना छैन
आज कथामा बियोग छ सबै दुखी हुने छन्
मानौ अर्को एउटा कथामा यस्तो हुने छैन
संझदै गर्दा बिर्सनु पर्छ प्रत्येक घडिहरू
कथा ब्यथामा अर्थ दिनुमै छ जीवन शैली।

यो कविताको लेखक नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरे हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै