ललितपुरका नामुद मिटर ब्याजी ज्ञानेन्द्र पक्राउ, आपराधिक सम्पत्ति आर्जन गर्ने गिरोह नै सक्रिय -
Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरका नामुद मिटर ब्याजी ज्ञानेन्द्र पक्राउ, आपराधिक सम्पत्ति आर्जन गर्ने गिरोह नै सक्रिय

काठमाडौं: ललितपुरमा खुंखार मिटर ब्याजीको नामले चिनिने ज्ञानेन्द्र महर्जनलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनले समस्यामा परेकाहरूलाई चर्को ब्याजदरमा ऋण दिएर जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ् ।

पक्राउ परेका महर्जनले घरजग्गा राजीनामा पास गराउने, किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुल्ने र आपराधिक सम्पत्ति आर्जनमा लिप्त कुख्यात मिटर ब्याजी र गुण्डा नाइकेहरूको गिरोह नै ललितपुरमा वर्षौँदेखि सक्रिय रहेको खुलेको छ ।

ललितपुर जिल्लामा ज्ञानेन्द्र महर्जनविरुद्ध पिडितले नै किटानी जाहेरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडितकै उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ज्ञानेन्द्र महर्जन हालसम्म कुनै उद्यम, व्यवसाय गरेको पाइएको छैन । ‘केही वर्षअघि उनको जीवनस्तर सामान्य देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पछिल्ला दिनमा लाखौँ मूल्यको निजी मोटर प्रयोग गर्दै आएका छन् । आपराधिक सम्पत्ति आर्जन गर्ने उनको कारोबार विस्तार हुँदै गएको देखिएको छ ।’ महर्जनले ललितपुरमा युवालाई गुण्डागर्दीमा प्रयोग गर्दै आएका छन् । आपराधिक लाभ लिएको आरोपमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ललितपुरका एक जना प्रहरीले जानकारी दिए ।

कुख्यात मिटर ब्याजी महर्जनविरुद्ध प्रमाण जुटाउँदै प्रहरी वर्षौँदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाई मनमौजी चर्को व्याज असुल्ने महर्जन विरुद्ध प्रमाण जुटाउन गहन अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । मिटर ब्याज असुलेर शोषण गरेको आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा मिटर ब्याजी उनी खतरनाक व्यक्ति भएको खुलेको प्रहरीले बताए । उनले भने, ‘हामी प्रमाण जुटाउँदै छौँ, यिनी खतरनाक व्यक्ति रहेछन् ।’ महर्जनलाई नियन्त्रणमा लिएर प्रहरीले अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिएपछि उनीविरुद्ध ठगी मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । हालसम्मको अनुसन्धानमा महर्जनले सर्वसाधारणको धेरै घर जग्गा हडपेको खुलेको छ ।

मिटर ब्याज अपराधको जड कपाली तमसुक
कपाली तमसुकलाई अदालतले पनि मान्यता दिने भएकाले मिटर ब्याजमा ऋण लिनेहरू अवैध कारोबारीहरूबाट इन्तु न चिन्तु बन्ने गरेका छन् । कपाली तमसुकले कानुनी मान्यता पाउने भएकाले ऋण दिएपछि आफनो कब्जामा कपाली तमसुक राखेर मिटर ब्याजीहरूले मनमौजी ब्याज असुल्छन् । समयमा ऋण नतिरे तेब्बर–चौबर बढी साँवा कबोल गरेको तमसुक देखाउँदै घरजग्गा कब्जा गर्छन् । मिटर ब्याजको रकम असुल्न सबै कारोबारीले कमिसन वा साझेदारीमा गुण्डा प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3