Comments Add Comment

Advertisment

SKIP THIS

५० लाख दाइजो नपाएपछि बिहे नै रद्द : मण्डपबाटै प्रहरीले बेहुलालाई पक्राउ

काठमाडौं– आफूले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

मंगलबार काठमाडौं महानगरपालिका–१ नक्सास्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गरेपछि बेहुला पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।

सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीन-कार्ड प्राप्त व्यक्ति हुन्।

पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए। उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो।

त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताए।

रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ। प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै